१० नोभेम्बरः युनाइटेड मञ्जु फूटबल क्लबको तत्त्वावधानमा आयोजित मणि खवास स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा बिहीवार खेलिएको पहिलो म्याचमा सौरेनी एफसी-ले रोमाञ्चक जीत हासिल गऱ्यो। मञ्जु खेल मैदानमा भएको म्याचमा सौरेनी एफसी-ले राइजिंग युथ क्लब, फुवागढ़ी-लाई ४-३-ले पराजित गऱ्यो। विजेता टीमबाट निखिल तामाङले २ गोल गरे। यसबाहेक विशाल तामाङ र आर्यनले १-१ गोल गरे। यसरी नै राइजिंग युथ क्लबबाट साहिल मोक्तानले २ अनि नोर्देन तामाङले १ गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टको दुईवटा सेमिफाइनल ११ र १८ दिसम्बरमा खेलिनेछ। फाइनलको तारिख चाहिँ आयोजक समितिले घोषणा गरेको छैन। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।