१० नोभेम्बरः आईसीसी टी२० वर्ल्ड कपको फाइनलमा आइतवार पाकिस्तान र ईंग्ल्याण्डबीच भिड़न्त तय भयो। बिहीवार खेलिएको दोस्रो सेमिफाइनलमा ईंग्ल्याण्डले भारतलाई १० विकेटले पराजित गरी फाइनलमा स्थान बनायो। एडिलेडको मैदानमा भारतले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर जसोतसो १६८ रनको स्कोर बनायो। हार्दिक पाण्ड्याले ३३ बलमा ५ वटा चौका र ४ वटा चौकाको साथ ६३ रन बनाए। यसबाहेक विराट कोहलीले ४० बलमा ५० रन बनाए। रोहित शर्माले २७ रनको योगदान दिए।

ईंग्ल्याण्डका बलरहरूमा क्रिस जोर्डनले ३ विकेट लिए। जवाफमा ईंग्ल्याण्डले कुनै विकेट नगुमाई ४ ओभर बाँकी रहँदै १७० रन बनाएर भारतको बिदाई सुनिश्चित गऱ्यो। म्याचमा भारतीय बलिंग आक्रमण सुपर फ्लप रह्यो। एलेक्स हेल्सले ४७ बलमा अविजित ८६ (७ वटा छक्का र ४ वटा चौका) र कप्तान जोस बटलरले ४९ बलमा अविजित ८० रन (९ वटा चौका र ३ वटा छक्का) बनाए। हेल्स प्लेयर अव् द म्याच बने।