खरसाङ: दार्जिलिङमा हुन गईरहेको अल ईण्डिया प्लान्टेशन वर्कस फेडेरेसनको सर्व भारतीय स्तरको सम्मेलनको लागि आज सेन्ट्रल ईण्डियन ट्रेड युनियन (सिटी) ले खरसाङको विभिन्न क्षेत्रहरूमा पोस्टरिङ गरेका छन्। सिटुको दार्जिलिङ जिल्ला सदस्य तथा अल ईण्डिया प्लान्टेशन वर्कर्स युनियनको सर्व भारतीय स्तर कार्यक्रमको लागि रिसिप्सन कमिटीको प्रचार प्रसार सचिव सचिन खातीको नेतृत्वमा पोस्टरिङ गरिएको छ। खरसाङ बजार, सिरुबारी, रोहिणी रोड, रोहिणी क्षेत्र लगायत आज नै दार्जिलिङ, सोनादा, खरसाङका विभिन्न क्षेत्रहरूमा पोस्टरिङ गरिएको छ। पोस्टरिङ कार्य अवधि सिटुको दार्जिलिङ जिल्ला सदस्य तथा अल ईण्डिया प्लान्टेशन वर्कस फेडेरेसनको सर्व भारतीय स्तरको सम्मेलनको लागि गठित समितिको प्रचार प्रसार सचिव सचिन खातीले यो अल ईण्डिया प्लान्टेशन वर्कस फेडेरेसनको गठन आजभन्दा पचास वर्ष अघि दार्जिलिङमै भएको थियो र यसको संस्थापक सचिव आनन्द पाठक रहेको बताएका छन्। उनले त्यसताक दार्जिलिङले नै सर्व भारतीय स्तरमा नेतृत्व गर्ने गरेको र यसपाली आगामी १ र २ दिसम्बरके दिन दार्जिलिङमा १०औं सम्मेलन भईरहेको बताएका छन्।