गिध्द पहाड़को चन्दु बस्ती निवासी युदिष्ट छेत्रीको आगलागीमा स्वाहा भएको घर बनाउन भागोप्रमोद्वारा सहयोग

IMG_20221110_165210.jpg

खरसाङ: गत तिहारको समयमा लक्ष्मी पूजाको राती खरसाङको गिद्ध पहाड लोवर चन्दुवस्ती निवासी युदिस्ट छेत्रीको घरमा आगलागी घटनाले घर जलेर स्वाहा भएको थियो। उक्त आगलागी भएको लगत्तै भोलिपल्ट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा २९ नम्बर समष्टीका प्रतिनिधिहरु घरमा पुगेर केही राहत दिएपछि पार्टी अध्यक्ष अनित थापासित बातचीत गरी चाढै घर बनाउने वचन दिएका छन्। उक्त दिएको वचन पूरा गर्दै घर पूर्ण रुपमा बनाउन अनित थापाले सामानहरु पठाइदिएका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष एंव जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाको निर्देशनमा समष्टीका प्रतिनिधिहरूले घर बनाउने सबै सामानहरू गिध्द पहाड़ लगिदिएका छन्। भागोप्रमो अध्यक्ष अनित थापाद्वारा प्रदान गरिएको घर बनाउने सर सामानहरू पाएर युदिस्ट छेत्रीले खुशी हुँदै अनित थापालाई धन्यवाद दिएका छन्। पत्रकारहरूसित कुराकानी गर्दै उनले तिहारको समयमा मेरो घर आगलागीमा जलेर स्वाहा भएको थियो भने त्यसताक भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रतिनिधिहरू आएर सहयोग गरेका थिए अनि भविष्यमा घर बनाउन सहयोग गरिदिने वचन पनि दिएका थिए र त्यसै वचनलाई पूरा गर्दै भागोप्रमोद्वारा घर बनाउन सहयोग गरिदिएकोमा सबैप्रति आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement