नाम्ची भेटरन्सको रोमाञ्चक जीत

photocollage_20221110164317725.jpg

१० नोभेम्बरः कालेबुङ भेटरन्स क्लबको तत्त्वावधानमा आयोजित ढेण्डुप भूटिया स्मृति विनर अनि बीबी प्रधान स्मृति रनर अप् आठौं भेटरन्स फूटबल टुर्नामेण्ट (आमन्त्रणी)-को उद्घाटन म्याचमा नाम्ची भेटरन्सले टाईब्रेकरमा रोमाञ्चक जीत हासिल गऱ्यो। मेला ग्राउण्डमा बिहीवार भएको म्याचमा नाम्ची भेटरन्सले आयोजक कालेबुङ भेटरन्स क्लबलाई टाईब्रेकरमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। यस भेटरन्स टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिनेछ। दुईवटा सेमिफाइनल म्याच १८ नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २० नोभेम्बरमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement