नमो बुद्ध युनाइटेड विजयी

IMG_20221110_164009.jpg

१० नोभेम्बरः माझीधुरा परमेण्ट युनाइटेड फूटबल क्लब (सुकिया पोखरी, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित ओपन फूटबल टुर्नामेण्टमा बिहीवार नमो बुद्ध युनाइटेड, रिम्बिकले जीत हासिल गऱ्यो। माझीधुरा खेल मैदानमा आज भएको म्याचमा नमो बुद्ध युनाइटेडले चामोंग फूटबल क्लबलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट उर्गेन शेर्पा, गोविन्द गुरुङ, मनीष सुब्बा र अनुराग शेर्पाले १-१ गोल गरे। यस टुर्नामेण्टमा जम्मा २४ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २४ र २५ नोभेम्बरमा हुनेछ। यसरी नै फाइनल २७ नोभेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा सेमिफाइनलमा पुग्ने दुईवटा टीमलाई १०-१० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement