गान्तोक: सिक्किममा आज जिल्ला पञ्चायत साथै ग्राम पञ्चायत चुनाउ भइरहेको छ। यस चुनावमा हालसम्म शान्तिपूर्वक ढंगमा सम्पन्न भइरहेको छ। जानकारी अनुसार आज बिहान ठीक ८ बजेदेखि राज्यका चारैवटा जिल्लामा कठोर सुरक्षा व्यवस्थाबीच जिल्ला पञ्चायत साथै ग्राम पञ्चायत चुनाउको लागि मतदान सम्पन्न भइरहेको छ। खबर लेखुन्जेलसम्म कुनै पनि बुथमा कुनै प्रकारको भै-झगडा अथवा अशान्ति भएको समाचार प्राप्त भएको छैनन।अधिकजसो बुथहरूमा मतदाताहरू आज बिहानैदेखि आ आफ्नो उम्मेदवारलाई मतदान दिन चुनाउ बुथ अघि उत्सुकताको साथमा पालो पर्खेर उभिएको देखियो स्मरण रहोस, सिक्किममा पहिलो पल्ट यसपटक जिल्ला पञ्चायत साथै ग्राम पञ्चायत चुनाउमा ‘पार्टी लेस इलेक्सन’ अर्थात चुनाउमा कुनै पनि राजनीतिक पार्टीको सोझे हस्तक्षेप छैन। यसको साथै कुनै पनि पार्टीको झन्डा तथा ब्यानरमा उम्मेदवारहरू खडा भएका छैनन्।