मिरिक: विगत र बर्तमानका सम्पूर्ण व्यवस्थाहरूको नजरबाट अनदेखा भएर प्राय ३२ वर्षसम्म हराएको नालालाई पीडब्लुडी (रोड्स) मिरिकमा हाल कार्यभार सम्हालेकी अभियन्ता, एक छोरीले आफ्नो दक्षताको नमुनाको उदाहरण दिँदै पुनःनिर्माण गरिदिएकोमा अलगडा, बाइपास, वार्ड नम्बर १-मिरिका वासिन्दाहरुले हार्दिक कृतज्ञता प्रकट गरेका छन्।

स्थानीय नागरिक समाजको तर्फबाट उमा तामाङ, निकिता थापा, दिपा गुरूङ, उर्मिला छेत्री लगायत अन्यहरूले भने, “नालाको अभावमा सडकको अवस्था गम्भीर थियो साथै सोहि स्थानमा विध्यालय र दैनिक रूपमा व्यापक चहलपहल हुनाले गर्दा ठूलो दुर्घटना घट्ने प्रबल सम्भावना थियो तर पीडब्लुडी (रोड्स) मिरिकको पहलमा असल काम भएको बताए।”

यता हाम्रो पार्टीको तर्फबाट पनि लाडुप घिसिङले स्थानीयवासीको साथ-सहयोगमा उक्त कार्य सफल भएकोमा अभियन्ता साथै कार्य देखरेखमा खटिएका कर्मचारी विजय लामा लगायत सम्पूर्ण-सम्पूर्णलाई श्रमिक दाजुभाइ-दिदी-बहिनीहरू प्रति आभार व्यक्त गर्दै भने, “सहि व्यक्ति सहि ठाउँमा भएपछि मात्र सहि कार्य हुन्छ र हामीले मिरिकको अन्य ठाउँहरूमा पनि यस्तै असल र पारदर्शी कार्यहरू भएर जाने विश्वास साथै हर सहयोग पुर्याउने प्रतिबद्धता प्रकट गरे।”