१० नोभेम्बरः ओलम्पिक काँस्य पदक विजेता लवलीना बोरगोहेन र एलोर्डा कप च्याम्पियन अल्फिया पठानले बुधवार जोर्डनको अम्मानमा जारी एएसबीसी एशियाई एलीट बक्सिंग च्याम्पियनशीपको सेमिफाइनलमा आ-आफ्नो लड़ाइँमा उत्कृष्ट प्रदर्शनको साथ फाइनलमा स्थान बनाइन्। लवलीना (७५ किग्रा)-ले सेमिफाइनलमा दक्षिण कोरियाकी सेओंग सुयोन विरुद्ध आफ्नो रणनीतिलाई प्रभावी ढंगले प्रयोग गर्दै सर्वसम्मत फसेलाद्वारा ५-०-ले जीत हासिल गरिन्। एशियाई च्याम्पियनशीपमा दुईवटा काँस्य पदक जितिसकेकी लवलीनाले यस सत्रमा कम्तीमा रजत पदक पक्का गरी प्रतियोगितामा आफ्नो सर्वश्रेष्ठ प्रदर्शन सुनिश्चित गरिन्।
अल्फिया (८१ किग्राभन्दा अधिक)-ले पनि सेमिफाइनलमा असाधारण प्रदर्शन गर्दै २०१६-की विश्व च्याम्पियन कजाकिस्तानकी लज्जत कुंगेइबायेवालाई ५-०-ले पराजित गरिन्। यस दिग्गज महिला बक्सर विरुद्ध अल्फियाको यो दोस्रो जीत हो। फाइनलमा लवलीनाको सामना २०२१ एशियाई च्याम्पियनशीपमा रजत पदक विजेता रुज्मेतोवा सोखीबासँग हुनेछ। यसरी नै अल्फियाले जोर्डनकी इस्लाम हुसैली विरुद्ध खेल्नेछिन्। दिनको अन्य एउटा सेमिफाइनलमा अंकुशिया बोरो (६६ किग्रा)-ले उज्बेकिस्तानकी खामिदोवा नवबखोर विरुद्ध १-४-ले हारपछि काँस्य पदक हासिल गरिन्।