पाकिममा दुईवटा पिङ्क बूथ स्थापित

IMG-20221109-WA0226.jpg

पाकिम: राज्य चुनाउ आयोगले पाकिम जिल्ला अन्तर्गत नवपगाउँ अनि माम्जेमा दुईवटा पिङ्क बूथ स्थापित गरेको छ। पिंक बूथ एक महिला प्रबंधित मतदान केन्द्र हो। यहाँ सबै मतदानमा महिलाहरू मात्र हुन्छन्। महिला सशक्तिकरण र निर्वाचन प्रक्रियामा महिलाहरुको बृहत्तर रचनात्मक सहभागिताका लागि यो पहल गरिएको हो।

पाकिम जिल्लामा ६८ हजार १९७ मतदाता छन् जहाँ महिला मतदाताहरूको संख्या ३४ हजार १८२ रहेको छ भने पुरुषहरूको संख्या ३४ हजार १५ रहेको छ। यहाँ महिला मतदाताहरूको संख्या अधिक रहेको छ। पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेल लेप्चा लगायत अन्यले पिङ्क बूथका टोलीलाई शुभकामना दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement