साइवर सुरक्षाबारे कार्यशाला

creating-rolling-out-effective-cyber-security-strategy-1024x440.jpeg.optimal.jpeg

गान्तोक: महिला उद्यमीहरूका लागि अमेरिकी वाणिज्य दूतावास, कोलकाताको सहयोगमा साइबर सुरक्षा सम्बन्धी एक दिवसीय कार्यशाला सम्पन्न भयो। वाणिज्य र उद्योग विभागको कन्ज्युमर युनिटी एण्ड ट्रस्ट सोसाइटी र सिक्किम उद्यमशीलता र आर्थिक सहयोगमा आयोजना गरिएको थियो। सोकेथाङको ट्रेनिङ हलमा सञ्चालन भएको उक्त कार्यशालामा विभिन्न विभागका प्रतिनिधि, सीडका सदस्य, स्थानीय उद्यमी, एसएचजी सदस्य र नरबहादुर भण्डारी डिग्री कलेजका विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन एम. रविकुमारले गरे। उऩले साइबर खतराहरू व्यापक रूपमा बुझ्न र साइबर जालसाजी विरुद्ध कसरी लड्न सकिन्छ भन्ने बारे ज्ञान प्राप्त गर्न त्यस्ता कार्यशालाहरूको महत्त्वबारे सहभागीहरूलाई जानकारी गराएका थिए। अर्नब गांगुलीले सबै सहभागीहरूलाई स्वागत गर्दै प्राविधिक सत्रबारे जनाए। वरिष्ठ परियोजना प्रबन्धक सोनल कमल, साइबर सुरक्षा र फोरेन्सिकबारे उल्लेख गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement