सिक्किमका राज्यपाल गंगा प्रसादद्वारा सनफार्माको भ्रमण

IMG-20221109-WA0229.jpg

गान्तोक: राजधानी नजिकैको सेतीपुलमा आज सिक्किमको सन फार्माद्वारा आयोजित एक कार्यक्रम राज्यपाल गंगा प्रसादले भाग लिए। उनी प्रमुख अतिथिको रूपमा उपस्थित थिए। साथै वाणिज्य तथा उद्योग मन्त्री बीएस पन्थसँग रुम्तेक-मार्तामका विधायक एस टी भेन्चुङपाको पनि उपस्थिति थियो। कार्यक्रममा सन फार्मा सिक्किम प्रमुख रञ्जित महापात्रा पनि सहभागी थिए। राष्ट्रिय गीतसंगै कार्यक्रम सुरु भएको थियो। जसमा परम्परागत मारुनी नृत्य प्रस्तुत गरिएको थियो। फार्माको आजसम्मको यात्राको चित्रण रसीएसआर गतिविधिहरूमा भिडियोमार्फत विस्तृत रूपमा प्रस्तुत गरियो। सिक्किममा सन फार्मा ग्रामीण पूर्वाधार, शिक्षा, खानेपानीको विकासको लागि आपूर्ति, स्वास्थ्य सेवा, पूर्वाधार सहयोगमा योगदान; मोबाइल मेडिकल एकाइहरू, सरकारी फार्मेसी कलेजहरूलाई सहयोग, सरकार र समुदायहरूलाई कोविड सहायता आदि गर्दै आएको जानकारी दिइयो। कार्यक्रम अन्तर्गत राज्यपाल र अन्य महानुभावहरुले सनफार्मा प्लान्टको भ्रमण गरेका थिए। दिगो हरियाली र सुन्दर वातावरणका लागि वृक्षारोपण पनि गरिएको थियो।

राज्यपालले कम्पनीले देशमा मात्रै नभई विश्वभर नै गर्व गर्ने काम गरेको उल्लेख गरे। विश्वका जनतालाई गुणस्तरीय, सस्तो औषधि र रोजगारीको अवसर उपलब्ध गराउनमा आफ्नो छाप बनाएको बताए। सामाजिक उत्तरदायित्व योजनाबारे पनि साहना गरे। शिक्षा र विद्यालयहरूको डिजिटलाइजेशन, स्वास्थ्य क्षेत्रमा साथै देशका अन्य भागहरूमा समुदायलाई पूर्वाधार सहयोग, कार्य अत्यधिक सराहना गरेकोमा बधाई दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement