मतदाता सूचीको संशोधनको शुभारम्भ

IMG-20221109-WA0231.jpg

गान्तोक: देशव्यापी मतदाता सूची संशोधनको अंशको रूपमा १ जनवरी २०२३ योग्यता तिथि रहेको सिक्किमको निम्ति मतदाता सूचीको विशेष सारांश संशोधन आज यहाँको नरबहादुर भण्डारी महाविद्यालयको सभागृहबाट शुरु गरियो। मुख्य चुनाउ अधिकारी डी. आनन्दनले विशेष सारांश संशोधन २०२३ शुरु भएको घोषणा गरे। यस अवधि मतदाता नामावली पर्यवेक्षक एवं भू-कर विभागका सचिव अनिल राज राई अनि शहरी विकास विभागका विशेष सचिव श्रीमती रोशनी राईको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा भोटर हेल्पलाइन एप्समा डेमो भीडियो देखाइयो। जानकारी गराइन्छ, देशमा सक्रिय लोकतान्त्रिक नागरिक निर्माण गर्ने प्रयासलाई अगाडि बढाउन यो मोबाइल एप्स निर्माण गरिएको हो। देशभरिका मतदाताहरूलाई सेवा र सूचना वितरणको एकल बिन्दु प्रदान गर्ने लक्ष्य राखेको यो एप्स देशको निर्वाचन आयोगको एक महत पहल हो।मुख्य चुनाउ अधिकारी डी. आनन्दनले १ जनवरी २०२३-सम्म १८ वर्ष अथवा योभन्दा माथि उमेर पुगेका योग्य आवेदकहरूले मतदाता परिचय पत्रको निम्ति आवेदन गर्नुसक्ने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement