कालीझोड़ामा नक्आउट फूटबल टुर्नामेण्ट २७ नोभेम्बरदेखि

IMG-20221109-WA0220.jpg

९ नोभेम्बरः भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, कालीझोड़ा शाखाको तत्त्वावधानमा आउँदो २७ नोभेम्बरदेखि गोपाल प्रधान स्मृति विनर ट्रफी अनि शहीद उत्तम प्रधान स्मृति रनर अप् ट्रफी नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। कालीझोड़ा फूटबल मैदानमा हुने यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक विनर ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक विनर ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा एकाधिक आकर्षक व्यक्तिगत नगद पुरस्कार र ट्रफीहरू पनि रहनेछ। अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति नाम पञ्जीकरण गराउने अन्तिम मिति २० नोभेम्बर रहेको छ। कन्फर्मेशन शुल्क १००० रुपियाँ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement