खरसाङलाई भय मुक्त बनाउने अजय एडवार्डको आह्वान्

IMG-20221109-WA0217.jpg

दार्जीलिङ: खरसाङलाई भयमुक्त बनाउने अजय एडवार्डले आह्वान गरेका छन्। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्ड अहिले खरसाङ भ्रमणमा निस्केका छन्। केही दिन उनी खरसाङमा रहने भएको छ।पत्रकारहरूसँगको कुराकानीमा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले दार्जीलिङ भयमुक्त भएको हुनाले दार्जीलिङवासीले आफुलाई लागेको कुराहरू खुल्ला रूपमा फेसबुक एंव समाजिक सञ्जालहरूमा खुल्ला रूपमा लेख्ने गर्छन् भनी बताएका छन्।उनले अघि भने, दार्जीलिङ नगरपालिकामा हाम्रो पार्टीको बोर्ड रहेको छ, दार्जीलिङ नगरपालिका क्षेत्रहरूमा मैला कुचेलाहरूको थुप्रो भेट्टाए दार्जीलिङवासीहरूले फेसबुक अनि समाजिक सञ्जालहरूमा हाल्ने गर्छन्। यसले स्पष्ट हुन्छ दार्जीलिङ भयमुक्त भएको छ,दार्जीलिङ जस्तै खरसाङ पनि भयमुक्त हुनुपर्छ।
उनले आफु खरसाङ आईरहेको समय बाटोमा एकजना स्थानीय मानिसले खरसाङ शहरमा मैलाको थुप्रो अनि खरसाङ नगरपालिकाको लापर्वाहीहरूको बारेमा अवगत गराएको बताए।
त्यसरी नै बिजुलीको बील बारेमा पनि आफुलाई बोली दिने अनुरोध गरेको बताए। खरसाङवासी भयमुक्त हुनपर्छ भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले दोहोराए। उनले अघि भने, आफु केही दिन खरसाङमा नै रहने जानकारी गराउँदै यस अवधि खरसाङवासीले आफुसँग खुल्ला रूपमा होस् अथवा रातको समयमा आफुसंग भेटन सक्ने बताए।
हाम्रो पार्टीको दोस्रो स्थापना दिवस आगमी २५ नोभेम्बर दिन कालेबुङमा भव्य रूपमा पालन गर्ने पार्टीमा चर्चा चलिरहेको हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डले बताए। स्थापना दिवसको अवसरमा दार्जीलिङ, खरसाङ, मिरिक आदि क्षेत्रहरूबाट धेरैको संख्यमा जन समावेश उपस्थित रहने हाम्रो पार्टी अध्यक्ष एडवार्डले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement