नेपालीहरूद्वारा कलकत्तामा रक्तदान शिविरको आयोजना

IMG-20221109-WA0215.jpg

खरसाङ: नेपालीहरूले कलकत्तामा रक्तदान शिविरको आयोजना गरेका छन्। श्री श्री जानकी माता नेपाली धार्मिक सङ्घ कलकत्ता अनि श्री श्री जानकी माता नेपाली महिला कल्याणकारी कोष कलकत्ताको संयुक्त आयोजनामा गरिएको यस १६अौं रक्तदान शिविर, मेजर सहिद दुर्गा मल्ल अनि वरिष्ठ साहित्यकार शताब्दी पुरुष, सत्यमोहन जोशीको स्मृतिमा गरिएको थियोे। ११० गोपाल लाल टेगोर रोड मलिक कलोनी बरा नगर कलकत्तामा सम्पन्न यस कार्यक्रममा सभापति गुञ्जदास श्रेष्ठ, मुख्य अतिथि डा सत्यप्रकाश तिवारी, अतिथिहरू क्रमैले डा स्वदेश रञ्जन सामन्त, डा तुहिन भट्टचार्य, मनोज सिंह, पास्टर फिलिप लेप्चा रहेका थिए। यस कार्यक्रमलाई सम्पन्न गराउनमा चेयरम्यान भीमबहादुर श्रेष्ठ, गुञ्जदास श्रेष्ठ, सल्लाहकार अरूण पाण्डे, खिम बहादुर बराल, तिलकराम शर्मा, हितबहादुर खड्का, दिलिप श्रेष्ठ, डम्बरबहादुर श्रेष्ठ, अनिल पाण्डे, मोहन सिंह, जगत थापा, राजु सुनार, राजु पोखरेल, कमलबहादुर श्रेष्ठ, दिपक खड्का, गौतम छेत्री, हरिराम खड्का, अनिल भुसाल, राजकुमार भुसाल, कौशिक खत्री, नारीहरूमा अध्यक्ष रमा शर्मा पौडेल, सल्लाहकार शर्मिला पाण्डे, बिन्दा श्रेष्ठ, रमिता कार्की सिंह, पद्मा गुरुङ, गीता श्रेष्ठ, कल्पना छेत्री, प्रमिला श्रेष्ठ, अनिता छेत्री, गायत्री खड्का, संगीता खड्का, दिव्य श्रेष्ठ, गंगा छेत्री, सुभद्र न्यौपाने, मेघना छेत्री आदिको परिश्रम रहेको थियो जानकारी प्राप्त भएको छ। यस शिविरमा रक्तदानसंगै नि:शुल्क स्वास्थ्य जाँच शिविरको पनि आयोजना गरिएको थियोे भनी कलकत्ताबाट विकास कार्कीले जानकारी गराएका छन्।

स्मरण रहोस्- श्री श्री जानकी माता नेपाली धार्मिक संघ कलकत्ताले आफ्नो स्थापनाकालदेखि नै मानव सेवा अनि समाजको हितमा कार्य गर्दै आइरहेको छ। कोरोना कालमा सबै मानिस आफ्नो ज्यान बचाउन घरभित्र बसेको बेला यिनीहरूले आफ्नो ज्यानको ख्याल नगरी, पिडित मानिसहरूलाई खाद्यान्न, दबाई अनि आफ्नै एम्बुलेन्समा हस्पिटल पुर्‍याउने काम गरे। तेति मात्रै हैन, आज पनि बाहिरबाट उपचारको निम्ति गएकालाई खुन चाहिए, अथवा अन्य कुनै सेवाको आवश्यक परे उनीहरूले तत्कालै सेवा पुर्‍याउँछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement