खरसाङ: आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको पहल अनि र खरसाङ नगरपालिकाको सफाई कर्मचारीहरूको सहयोगमा खरसाङस्थित महकुमा अस्पताल मुनितिरको मैला ढ्वाङको सर सफाई गरिएको छ। सफाईको क्रममा त्यस क्षेत्रमा सेनिटाईज गरियो साथै ब्लिचिङ पनि छर्किएको छ। सर सफाई कार्यमा खरसाङ नगरपालिकाको सेन्ट्री इन्स्पेक्टर रमेश सुब्बा विशेष रूपले उपस्थित थिए। अस्पताल मुन्तिरको मैला ढ्वाङको पछिल्तिरको नालीमा अस्पताल क्षेत्रबाट धेरै फोहोर मैला फ्याँकिएको भन्दै यही फोहोर मैलाको कारण मुख्य झोडा बुचिएको बताउँदै भागोप्रमो खरसाङ टाउन कमिटीको कार्यकर्ताहरूले यर सफाई गरेका छन्। अस्पताल क्षेत्रबाट फ्याँकिएको फोहोर मैला विषय जानकारी लिन टाउन कमिटीको प्रतिनिधिहरु अस्पताल भ्रमणमा गएक् थिए तर अस्पताल पक्षको उच्च अधिकारीसंग भेटघाट हुन नसकेको बताइएको छ। यसै भ्रमणको अवधि अस्पतालको रोगीहरूसंग बातचीत गर्दा अस्पतालको सर सफाईहरू राम्रो रहेको सुन्नमा आयो तर आउट डोर रोगीहरूको शौचालय बन्द अवस्थामा रहेको कारण जँचाउन आउने रोगीहरुलाई धेरै नै असुविधा भएको जनगुनासो सुन्नमा आएको बताइएको छ।

त्यसरी नै पार्थिव शरीर बोक्ने वाहन अस्पताल बाहिर मूल सड़कमा बेकार अवस्थामा रहेको र जनतालाई मरौं परेको खण्डमा चाहिने मुख्य वाहन यसरी लथालिङ अवस्थामा रहेकोमा जनताको गुनासो रहेको बताए। आगामी दिनमा जनताको सुविधाको निम्ति अस्पताल पक्षसँग टाउन कमिटीको प्रतिनिधिहरुको भेटघाट गर्ने निर्णय रहेको बताइएको छ। यस कार्यक्रममा टाउन कमिटीको पक्षमा अध्यक्ष राजु शर्मा, मूल सचिव सूर्य कमल छेत्री, सह सचिव संजय मुखिया, सांगठनिक सचिव रन्जन गजमेर, प्रचार प्रसार सचिव बिरबल पाखरीन,र कार्यकारिणी सदस्यहरू पुष्प प्रधान, रामु राउत, बिजय गुरुङ, सन्तोष परी र श्याम प्रधान उपस्थित थिए भनी भागोप्रमो खरसाङ टाउन कमिटीको प्रचार प्रसार सचिव बिरबल पाखरीनले जनाएका छन्।