कालचिनी – वर्तमान समयमा डुवर्सको रेलवे लाईनलाई धमाधम विकसित गराउन भारतीय रेलवेले ठाउँ ठाउँमा यार्ड निर्माण गर्न साथै विद्युतीकरण गर्ने कार्य अघि बढ़ाईरहेको क्रममा रेलको जमीनमा अतिक्रमण गरेर बसोबास गर्दै आईरहेकाहरूलाई हटने सूचना जारी गरेपछि अलिपुरद्वार टाउनको १६ र १७ नम्बर वार्डभित्र पर्ने कलोनी लगायत मदारीहाट खण्डको मुजनाई रेल स्टेशन संलग्न क्षेत्रमा बसोबास गर्दै आईरहेको मानिसहरुले सत्तारूढ़ तृणमूल नेताहरू समक्ष हारगुहार मागेको थियो।
यसको समाधान गर्ने आश्वासन दिँदै आईरहेको तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकासचीक बढ़ाईकले आज अलिपुरद्वार डीआरएम दिलीपकुमार सिंहसित सौजनयमूलक भेटवार्ता गर्दै आफूहरू विकासको पक्षमा रहेको तर धेरै पुरानो प्रायः ३०-४० बर्षदेखि रेलवे लाईनको जमीनमा रहेकाहरूलाई यसरी अचानक उच्छेद गर्ने पक्षमा नरहेकोले रेलवेले यसको विकल्प समाधान निकाल्ने निवेदन ज्ञापन मार्फत गरेको जनाएका छन्।
यता अलिपुरद्वार डीआरएम दिलीप कुमार सिंहले रेलवे लाईनको धेरै कामहरु भइरहेको र रेलको जमीनलाई अतिक्रमण गरेर घर बसाएकाहरुलाई निष्कासन गरिने र पुराना समयदेखि बस्दै आइरहेको गरीब परिवारहरूलाई वैकल्पिक ठाउँमा सार्ने कार्य गर्ने जनाएका छन्।