कालचिनी – आज अपरान्ह समय कालचिनी थाना अन्तर्गत पर्ने निमती आउटपोस्ट अधीन निमती झोड़ा चियाबारीको एकजना वृद्धा महिला शान्ति केसरा उमेर प्रायः ७२ को एउटा भटभटे भ्यानको धक्काले मृत्यु भएको पुलिस सुत्रले जनाएका छन्। प्राप्त जानकारीअनुसार उक्त महिला निमती झोड़ा चियाबारीको मूल सड़क पार गरिरहेको समय विपरीत दिशाबाट आईरहेको एउटा मालवाहक भटभटे भ्यानले धक्का दिँदा घटनास्थलमा नै वृद्धा महिलाको प्राण पखेरु उँड़ेका थिए।
घटनाले क्षेत्रमा निकै सनसनी मच्चिएको थियो भने निमती आउटपोस्टका पुलिसबल पुगेर भीड़लाई नियन्त्रण गर्दै वृद्धा महिलाको शव उद्धार गरेको थियो। पुलिसले उक्त दुर्घटमा गर्ने भटभटे भ्यानसहित चालकलाई नियन्त्रणमा लिएको जनाएका छन् भने चालकलाई भोलि अलिपुरद्वार जिल्ला अदालतमा पठाईने बताएको छ।