नाम्ची: महिला सशक्तिकरणलाई ध्यानमा राख्दै राज्य चुनाउ आयोगले पिङ्क बूथहरू स्थापित गरेको छ जुन बूथ महिला प्रबन्धित रहनेछ। नाम्ची जिल्ला अन्तर्गत भोलि सम्पन्न हुने चुनाउको निम्ति मोठ ३५ महिला पुलिङ टोली तैनाथ गरिएको छ। उनीहरू सबैलाई आज बिहान नाम्ची जिल्लास्थित स्ट्रोङ रूमबाट ईभीएम साथै अन्य आवश्यक सामग्रीहरू दिएर आ-आफ्नो पुलिङ स्टेशनहरूतर्फ जिल्लापाल एवं जिल्ला चुनाउ अधिकारी एम भरानी कुमारले शुभकामना दिएर विदा गरे। यस अवधि मुख्यालयका महकुमा अधिकारी चिरन रिजाल, आरओ शरण कालीकोटे लगायत अन्यको उपस्थिति रहेको थियो।