नाम्सु एफसी अघिल्लो राउण्डमा

IMG_20221109_181334.jpg

९ नोभेम्बरः युनाइटेड मञ्जु फूटबल क्लबको तत्त्वावधानमा आयोजित मनी खवास स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा आज नाम्सु एफसी-ले जीत हासिल गऱ्यो। मञ्जु खेल मैदानमा बुधवार भएको म्याचमा नाम्सु एफसी-ले निगाले एफसी-लाई ४-२-ले पराजित गऱ्यो। बिहीवार दुईवटा म्याच हुनेछ। पहिलो म्याच सौरेनी एफसी र राइजिंग युथ क्लबबीच हुनेछ। यसरी नै दोस्रो म्याचमा एमवाईसी मिरिकले युनाइटेड टिंगलिंगको चुनौती स्वीकार्नेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ११ र १८ दिसम्बरमा खेलिनेछ।

फाइनलको तारिख चाहिँ आयोजक समितिले घोषणा गरेको छैन। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement