१२ नोभेम्बरदेखि घूम विन्टर फेस्टिभल सुरू हुने, थीम रहनेछ “घूम बराबर घूम”

IMG_20221109_175314.jpg

रातमा पनि चल्ने टोय ट्रेन

सिलगढी: घूम विन्टर फेस्टिभलको आयोजना देश विदेशका पर्यटकहरुलाई आकर्षित गर्न हेतु गरिने भएको छ। देशकै सबैभन्दा अग्लो रेलवे स्टेशन दार्जिलिङको घूम हो। यस अग्लो रेलवे स्टेशनलाई पर्यटकहरूका निम्ति अझ आकर्षक बनाउने रेलवेले यो पहल शुरू गरेको छ। गत वर्ष २०२१ मा दार्जिलिङ संलग्न घूममा दार्जिलिङ हिमालयन रेलवेको तत्वावधानमा घूम फेस्टिभलको शुरुवात गरिएको थियो। यस वर्ष पनि घूम विन्टर फेस्टिभल आउँदो १२ नोभेम्बरदेखि शुरू भएर ५ दिसम्बरसम्म चल्नेछ। यस फेस्टिभल अवधि पहाड़को विविध संस्कृति, कला साथै अन्य चीजहरूको उजागर गरिने भएको छ। आज रेलवे कटिहार डिभिजनका डीआरएम कर्नल शुभेन्दु कुमार चौधरीले घूम विन्टर फेस्टिभलको ‘लोगो’ को विधिवत् उद्घाटन गरे। यस अवसरमा जलपाइगढीका सांसद जयन्त राय लगायत अन्य उपस्थित थिए। यस सम्बन्धमा डीआरएम चौधरीले बताए अनुसार यस वर्ष फेस्टिभलको थीम “घूम बराबर घूम” रहने छ। फेस्टिभलको अवसरमा पर्यटकहरू राति टोय ट्रेनमा चढेर भ्रमण गर्न सक्नेछन्। यसको साथै स्थानीय तथा बाहिरका कलाकारहरूले दिनभरि नै सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गर्ने छन्। देश-विदेशका पर्यटकहरूले अब राती पनि विश्व प्रसिद्ध सानो रेलमा चडेर मनोरञ्जन लिन सक्नेछन्।

दार्जिलिङ हिमालयन रेलवे विभागले यो पहलको शुरुवात गरेको छ।विश्वप्रसिद्ध टोय ट्रेन अब पर्यटकका लागि दिउँसो र राती समान रुपमा चल्ने भएको छ।डि एच आर अधिकारीहरूले यो विशेष सेवा मुख्यत घूम पर्वको समयमा शुरु गर्ने निर्णय गरेका छन्।डिएचआर रेलवेको यो निर्णयले पर्यटनको क्षेत्रमा खुसीको लहर ल्याइदिएको छ। उल्लेखनीय छ कि नोभेम्बर १२ देखि दार्जिलिङमा घूम महोत्सव शुरु हुनेछ। यस अवधिमा नाइट जोय राइडसँगै लोक संस्कृति नृत्य, गीत, ब्याण्ड लगायत नाइट जोय राइड पनि हुनेछ। टोय ट्रेन हरेक शनिबार राती ६ देखि ७.३० सम्म चल्नेछ। दार्जिलिङ रेलवे स्टेसनदेखि घूमसम्म १० किमी यात्रा हुनेछ। बीचमा बतासिया लुपमा १५ मिनेटको आराम, त्यसपछि घूम स्टेशनमा २५ मिनेटको विश्राम, त्यसपछि दार्जिलिङ लिएर जानेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement