सिलगढी: आफु बिमार भएपछि डाक्टर देखाउन भनी उत्तरबंग मेडिकल कलेजमा आएकी एकजना किशोरी रहस्यमय ढंगले निखोज भएकी छिन्। यसरी छोरी निखोज भएपछि परिवार पक्षले न्यू जलपाइगढी थानामा किशोरी निखोज भएकोबारे एउटा लिखित अभियोग दर्ता गरेको छ।यस अभियोगको आधारमा पुलिसले घटनाको जाँच शुरू गरेको छ। जानकारी अनुसार राजगञ्जको जोटियाकाली इलाका निवासी जाहेदा खातून (१७) आफ्नो ठूली आमासित उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा आएकी थिइन्। डाक्टरलाई देखाए पछि दवाई लिनको लागि तिनी लाइनमा खड़ा थिइन्। यसपछि जाहेदा खातून शौचालय जान्छु भनेर लाइनबाट निस्किएपछि तिनको कुनै अत्तो पत्तो नलागेको बताइएको छ। किशोरीको पिता जाहिदुल इस्लामले भने, त्यो दिन छोरीलाई मेडिकल जानको लागि रूपियाँ दिएपछि म आफ्नो काममा गए। यसपछि साँझमा घर फर्किए पछि छोरी मेडिकलबाट हराएको कुरा थाहा पाए। एनजेपी थानामा छोरी हराएको बारे लिखित रिपोर्ट दर्ता गरेको छु।