टाकीमारी रायगन्जमा सात दिवसीय बाउल उत्सव आरम्भ

17-00-37-e1b541ca-8731-420f-81d0-e83318c9fe7b-1024x576.jpg

राजगञ्ज: राजगञ्जको टाकीमारीमा रास उत्सवको उपलक्ष्यमा सात दिवसीय बाउल उत्सव शुरू भएको छ। हिजो मंगलवार साँझमा पछौटे वर्ग कल्याण विभागका मन्त्री बुलुचिक बड़ाइकले यस बाउल उत्सवको उद्घाटन गरे। जानकारी अनुसार राजगञ्जको मन्तादारी ग्राम पञ्चायत अन्तर्गत टाकीमारीको रास उत्सवको यो साल २४ौ वर्ष हो। नवमिलन युवा संघ र टाकीमारी बजार कमिटीको सञ्चालनमा यस रास उत्सवका आयोजना गरिएको छ। प्रत्येक वर्ष झै यस वर्ष पनि उत्तरबंग लोक संस्कृति अनि बाउल उत्सव शुरू भएको छ। पश्चिम बंगालको विभिन्न जिल्ला वाहेक झारखण्ड, असम र बांग्लादेशका कलाकारहरू पनि यहाँ आएका छन्। रासको अवसरमा सात दिवसीय मेलाको पनि आयोजित गरिएको छ भने मोडलको माध्यम श्री कृष्णका लीलाहरू अनि जागरूकतामूलक विभिन्न पहलुमा पनि प्रकाश पारिएको छ। यस अवधि विधानसभाका पर्यावरण, वन अनि पर्यटन विषयक स्टेडिंग कमिटीका चेयरम्यान शौकत मोल्ला, जलपाइगढी जिल्ला परिषदको उत्तरा बर्मन, राजगञ्जका विधायक खगेश्वर राय, पर्यावरण, वन अनि पर्यटन विषयक स्टेडिंग कमिटीका ९ सदस्य तथा विधायक, सिलगढी जलपाइगढी विकास प्राधिकरणका सदस्य कृष्णा दास लगायत अन्य उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement