सिलगढी। सिलगढी महानगरपालिका क्षेत्रमा डेंगुका कारण मृत्यु भएको परिवारसँग विधायकले भेट गरे। उल्लेखनीय छ, नगरको १७ नम्बर वडा निवासी ४५ वर्षीय विश्वजित सरकार विगत सात दिनदेखि उपचार गराइरहेका थिए। यसबारे जानकारी पाएपछि बुधबार सिलगढीका विधायक शंकर घोष पीडित परिवारलाई भेट्न गएका थिए। उनले स्वर्गीय विश्वजित सरकारकी आमा, श्रीमती (र छ वर्षको बच्चा) प्रति समवेदना व्यक्त गरेका छन्।