९ नोभेम्बरः अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-ले तीनजना महान खेलाड़ी शिवनारायण चन्द्रपल, चार्लोट एडवर्ड्स र अब्दुल कादिरलाई आईसीसी हल अव् फेम-मा सामेल गऱ्यो। अष्ट्रेलियाको सिडनी क्रिकेट ग्राउण्डमा आईसीसी टी२० वर्ल्ड कपको पहिलो सेमिफाइनल म्याच शुरु हुन अघि यी तीनजना खेलाड़ीहरूलाई सम्मानित गरिनेछ। यसमा पाकिस्तानका अब्दुल कादिरलाई मरणोपान्त यो सम्मान दिइनेछ। आईसीसीका मुख्य कार्यकारी अधिकारी ज्योफ एलार्डिसले भने, आईसीसी हल अव् फेम यी प्रतिष्ठित व्यक्तिहरूका खुशीयाली मनाइरहेको छ, जसले क्रिकेटको इतिहासलाई आकार दिए। शिवनारायण, चार्लोट अनि अब्दुलको स्थायी योदगानलाई याद गर्नु अद्भूत हो। क्रिकेटका यी तीन दिग्गजहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा व्यापक सफलता हासिल भयो अनि उनीहरू आईसीसी हल अव् फेमर्सको रूपमा आफ्नो स्थितिको ठूलो स्तरमा हकदार छन्।
वेष्ट इण्डिजको क्रिकेट इतिहासमा शिवनारायण चन्द्रपल झट्टै चिन्न सकिने व्यक्तिहरूमा एक हुन्। एउटा अपरम्परागत तक्निकको साथ उनले १९ सालको उमेरमा पदार्पण गरे अनि चाँड़ै विपक्षी बलरहरू विरुद्ध उत्कृष्ट प्रदर्शन गर्न थाले। त्यसपछि केवल २१ सालको उमेरमा उनी वेष्ट इण्डिज ब्याटिंग क्रमको अभिन्न अंग बने। ३० वटा टेस्ट शतकको साथ दश हजारभन्दा अधिक टेस्ट रन बनाउने चन्द्रपलले वनडे इण्टरनेशनल क्रिकेटमा पनि असाधारण प्रदर्शन गरे। उनले २६८ वटा वनडे म्याचमा ८७७८ रन बनाए। आईसीसी हल अव् फेम-मा सामेल भएपछि प्रतिक्रिया व्यक्त गर्दै चन्द्रपलले भने, अतीतमा धेरै दिग्गज अनि धेरै महान क्रिकेटरहरूका पदचिन्ह पहिल्याउनु एउटा अद्भूत अनुभव रह्यो। यस सम्मानको निम्ति म आभारी छु। म आफ्नो परिवार, साथीहरू अनि सबैभन्दा महत्त्वपूर्ण वेष्ट इण्डिज क्रिकेट प्रशंसकहरू अनि विश्वभरिका प्रशंसकहरूसँग यस क्षणको आनन्द लिन चाहन्छु, जसले पूरा उत्साहको साथ मेरो समर्थन गरे।
ईंग्ल्याण्डकी शार्लोट एडवर्ड्स २० सालको अन्तर्राष्ट्रिय करियरको अवधि महिला क्रिकेटको इतिहासमा सबैभन्दा महत्त्वपूर्ण खेलाड़ीहरूमा एक रहिन्। केवल १६ सालको उमेरमा आफ्नो करियरको शुरुवात गर्ने एडवर्ड्सले पुणेमा आईसीसी महिला क्रिकेट वर्ल्ड कपमा आयरल्याण्ड विरुद्ध अविजित १७३ रनको रेकर्ड ईनिंग्स खेलेकी थिइन्। साल २००६-मा उनी टीमकी कप्तान बनिन् अऩि २००८-मा अष्ट्रेलियामा भएको आईसीसी महिला क्रिकेट वर्ल्ड कप अनि आईसीसी महिला टी२० वर्ल्ड कपमा ईंग्ल्याण्डलाई च्याम्पियन बनाएकी थिइन्। यसरी नै पाकिस्तानका अब्दुल कादिरलाई क्रिकेट इतिहासको सबैभन्दा सफल लेग स्पिनरहरूमा एक मानिन्छ। कादिरले ६७ वटा टेस्ट म्याचमा २३६ विकेट लिएका थिए। यसरी नै १०४ वटा वनडेमा उनको नाममा १३२ विकेट रहेको छ। १४ दिसम्बर १९७६-मा ईंग्ल्याण्ड विरुद्ध टेस्ट पदार्पण गर्ने कादिरको ६ सेप्टेम्बर २०१९-मा ६३ वर्षको उमेरमा निधन भएको थियो।