८ नोभेम्बरः क्यारोलिन गार्सियाले बेलारुसकी आर्यना सबालेंकालाई सीधा सेटमा पराजित गरी डब्ल्यूटीए फाइनल्स टेनिस टुर्नामेण्टमा एकल खिताब जितिन्। पहिलो सेटमा जुझ्न परे पनि गार्सियाले फाइनलमा सबालेंकालाई ७-६ (४), ६-४-ले पराजित गरिन्। छैटौं वरीयता प्राप्त गार्सिया सत्रको अन्तिम प्रतियोगितामा खिताब जित्ने फ्रान्सकी दोस्रो खेलाड़ी बनेकी छन्।

यसअघि २००५-मा एमिली मोरेस्मोले यस च्याम्पियनशीपमा ट्रफी जितेकी थिइन्।