नैतिकताको आधारमा चामलिङले राजीनामा दिनुपर्छः जेकब खालिङ

IMG-20221108-WA0441.jpg

गान्तोक: सत्तारुढ़ एसकेएम पार्टीले राज्यका पूर्व मुख्यमन्त्री पवन चामलिङले नैतिकताको आधारमा विपक्षी एसडीएफ पार्टीको अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ। संविधानको धारा ३७१एफ विरोधी गतिविधिमा प्रत्यक्ष-अप्रत्यक्ष रुपमा उनको संलग्नताको दावी गर्दै एसकेएमले चामलिङको राजीनामाको माग गरेको हो। एसकेएम पार्टीका प्रवक्ता जेकब खालिङले आज यहाँ एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सुमन्त कुमार गुप्ता मामिलामा पवन चामलिङ पनि संलग्न रहेको ठोकुवा गरेका छन्। उल्लेखनीय छ, पुलिसको बयानअनुसार प्रारम्भिक जाँचमा सुमन्त कुमारले आफूलाई सिक्किमबाट कथित रुपमा फोन गरेर समर्थन र सहयोग गर्नेहरूमा जेबी दर्नालको पनि नाम लिएका छन्।

जेकब खालिङको भनाइअनुसार सुमन्त कुमार गुप्ता मामिलामा पुलिसको प्रारम्भिक जाँचमा एसडीएफ पार्टीका प्रवक्ता जेबी दर्नालको पनि नाम अघि आएपछि त्यसमा पार्टी अध्यक्ष पवन चामलिङको पनि समर्थन रहेको पुष्टी हुनेगर्छ। संविधानको धारा ३७१एफ विरोधीलाई सहोयग गर्ने सिक्किमे विरोधी हुन्। त्यसैले अब पवन चामलिङ सिक्किम र सिक्किमे जनताको निम्ति राजनीति गर्न योग्यको छैन भनेर हामी ठहर गर्दछौं। त्यसैले चामलिङले अब नैतिकताको आधारमा एसडीएफ पार्टीको अध्यक्ष पदबाट राजीनामा दिनुपर्नेछ, उनले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement