गान्तोक: सेल्फ डिफेन्स सितो-रियो कराते डो रम्फू डोजोले पाक्योङ जिल्ला कराते एसोसिएशनसंगको समन्वयमा जुनियर अनि सिनीयर गरेर जम्मा ४० जना कराते प्रशिक्षार्थीहरूलाई कराते सम्बन्धित विशेष तालिम एवं बेल्ट क्यूग्रेड गेडिङ्गको कार्यक्रम रम्फूस्थित खेलमैदानमा सम्पन्न गरियो। सेल्फ डिफेन्स सितो-रियो कराते डो का प्रचार सचिव भानुराज थापाको मुख्य आतिथ्य तथा अध्यक्षतामा आयोजित यस गेडिङ्ग कार्यक्रममा सिक्किमका एक वरिष्ठ पत्रकार सञ्जय अग्रवाल विशेष अतिथिको रूपमा आमन्त्रित थिए। प्रशिक्षक सेनसाई (ब्ल्याक बेल्ट) प्रन्ज्जल विश्वकर्माको अगुवाइमा गत ४ वर्ष देखि रम्फू अनि मामरिङ दक्षिण सिक्किमका प्रशिक्षार्थीहरूलाई कराते प्रशिक्षण प्रदान गरिने कार्य हुँदै आइरहेछ भने यीनै लगभग ४० जनालाई गेडिङ्ग संगसंगै विशेष तालिम पनि प्रदान गरियो, जसमा सेनसाई प्रन्ज्जल विश्वकर्माको साथमा प्रमुख प्रशिक्षक तथा तकनिकी अध्यक्ष सिहान कुलहरि राई, सेनसाईद्वय प्रभास प्रधान, निश्चल मुखिया, इच्छा राईसहित अन्यले प्रशिक्षार्थीहरूलाई कराते कलाको प्रशिक्षण प्रदान गरियो। कराते प्रशिक्षार्थी (शिष्य) हरूका सबै अभिभावकगणको बाक्लो उपस्थितिमाझ नियमवद्ध बढ़ोत्तरी विभिन्न बेल्ट द्वारा क्यू ग्रेड गेडिङ्ग सहित सेल्फ डिफेन्स सितो-रियो कराते डो भारतद्वारा प्रमाणित प्रमाण पत्र प्रदान गरियो। यस अवसरमा विशेष अतिथिको रूपमा वरिष्ठ पत्रकार सञ्जय अग्रवालले प्रत्येक स्कुलमा कराते खेललाई सेल्फ डिफेन्स को रूपमा राखिए विद्यार्थीहरूलाई लाभ पुग्ने मनशाय प्रकट गरे। यस्तै प्रकारले करातेको औचित्य माथि सिहान कुलहरि राई, सेनसाई प्रन्ज्जल विश्वकर्माले जानकारी दिएका थिए।