गान्तोक र मंगन जिल्लामा चुनाउ तयारीलाई लिएर बैठक सम्पन्न

IMG-20221108-WA0438.jpg

गान्तोक: आगामी १० नोभेम्बरको दिन सम्पन्न हुने पञ्चायत चुनाउको तयारीलाई लिएर गान्तोक जिल्लाका जिल्लापाल एवम रिटर्निङ अधिकारी राघुल के-ले सेक्टर मेजिस्ट्रेट र एसिस्टेन्ट रिटर्निङ अधिकाहरूसँग एक बैठक गरे। बैठकमा विशेष गरेर आगामी १० नोभेम्बरमा हुने पञ्चायत चुनाउ तयारीबारे छलफल गरे। भोलि ९ नोभेम्बरको दिन इभीएम वितऱण हुने जानकारी गराए। पोलिङ अधिकारीहरू पोलिङ स्टेसनमा पुगेपछि प्रिसाइडिङ अधिकारीहरूलाई यसबारेमा जानकारी गराउनु पर्ने सुझाउ दिए। यसरी नै प्रिसाइडिङ अधिकारीहरूले कण्ट्रोल रूपमा यसबारेमा सूचित गर्नुपर्ने बताए। मतदान शुरू हुन भन्दा अघि मकड्रिल गराउनु पर्ने सुझाउ दिए। मतदानमा खटिएका अधिकारीहरूले प्रत्येक दुई घण्टामा सम्वन्धित निकायसमक्ष रिपोर्ट बुझाउनु पर्ने निर्देश दिए। एआरओहरूले मतदान समय बन्द भएपछि १० नोभेम्बर २०२२ मा उनीहरूको सम्बन्धित ब्लकको मतदान टोलीहरू प्राप्त गर्नुपर्नेछ। त्यसैगरी सेक्टर म्याजिस्ट्रेटलाई सबैभन्दा बढी मतदाता रहेको मतदान केन्द्रमा जानु पर्ने आग्रहगरेका छन्। बैठकमा निर्वाचन सम्बन्धी विभिन्न पक्षहरु जस्तै सवारी साधनको व्यवस्था, छिटो मतदान हुने क्षेत्रमा सञ्चार सुविधा, कन्ट्रोल रुमको व्यवस्था, मतदान कर्मचारी खटाउने लगायतका आवश्यक व्यवस्थाका विषयमा पनि छलफल भएको थियो। प्रत्येक इभीएम टोली र अन्य टोलीका सदस्यहरूका लागि छुट्टाछुट्टै पण्डलहरू बनाइएको छ जसले निर्वाचन सम्बन्धी आवश्यक कागज पत्रहरू जिल्ला भवन र जिल्ला प्रशासनिक केन्द्र बाहिर राख्नेछ। यसै क्रममा मंगन जिल्लाको पेन्टोकस्थित जिल्ला भवनमा आगामी दिनमा सम्पन्न हुने पञ्चायत चुनाउलाई लिएर तयारी सभा सम्पन्न भयो। यस अवसरमा मंगन जिल्लाका पुलिस अधिक्षक, एसिस्टेन्ट रिटर्निङ अधिकारीवर्ग, सेक्टर मेजिस्ट्रेट, नोडल अधिकारीहरूले पनि सहभागिता जनाएका थिए। मंगन जिल्लाका जिल्लापाल एवम रिटर्निङ अधिकारी डा. एबी कार्कीको निगरानीमा सम्पन्न भएको उक्त बैठकमा चुनाउ तयारी सम्वन्धि जस्तै कण्ट्रोल रूम, पोस्टल व्यालेट डिस्पोजिसिन लगायत अन्य व्यवस्थाबारे छलफल गरियो। बैठकमा रिटर्निङ अधिकारीहरूले चुनाउ प्रक्रियाबारे अन्तिम रिपोर्ट प्रस्तुत गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement