गेजिङमा प्रिसाइडिङ र पोलिङ अधिकारीहरूलाई दिइयो अन्तिम चरणको प्रशिक्षण

IMG-20221108-WA0437.jpg

गान्तोक: गेजिङ जिल्लाका प्रिसाइडिङ र पोलिङ अधिकारीहरूलाई तीन चरणको प्रशिक्षण कार्यक्रम प्रदान गरियो। आगामी १० नोभेम्बरको दिन सम्पन्न हुने पञ्चायत चुनाउलाई लिएर प्रिसाइडिङ,पोलिङ र सेक्टर मेजिस्ट्रेटहरूलाई क्रमबद्ध ढङ्गमा प्रशिक्षण प्रदान गर्दै आइरहेको छ। यसै क्रममा हिजो पोलिङ र प्रिसाइडिङ अधिकारीहरूलाई लिएर आयोजित अन्तिम चरणको तालिम कार्यक्रममा सेक्टर मेजिस्ट्रेटहरूले चुनाउ प्रक्रियाबारे जानकारी गराए। विशेष गरेर चुनाउको समयमा प्रिसाइडिङ र पोलिङ अधिकारीहरूको भूमिकाबारे विस्तृतरूपमा अवगत गराइयो। कूल छ जना सेक्टर मेजिस्ट्रेटले प्रशिक्षण दिएका थिए। यस अवसरमा गेजिङ जिल्लाकी जिल्लापाल एवम रिटर्निङ अधिकारी हिस्सी डी.योङदाले यस प्रशिक्षण कार्यक्रमको मुख्य औचित्य र महत्वबारे विस्तृत रूपमा प्रकाश पारिन्। उनले विशेष गरेर प्रिसाइडिङ अधिकारीहरूको मतदानको समयमा हुने भूमिकाबारे जानकारी गराउँदै सबै मतदान केन्द्रहरूमा मतदान सुचारूपमा सञ्चालन गर्नमा प्रिसाइडिङ अधिकारीहरूको जिम्मेवारीबारे अवगत गराइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement