सहायक पीठासीन अधिकारी र जिल्ला प्रशासनिक केन्द्रका अधिकारीहरूलाई लिएर बैठक

IMG_20221108_232907.jpg

गान्तोक: आज सहायक पीठासीन अधिकारी र जिल्ला प्रशासनिक केन्द्रका अधिकारीहरूलाई लिएर जिल्लापाल तथा चुनाउ अधिकारी रगुल के. ले आयोजित एक बैठकको अध्यक्षता गरे। आगामी पञ्चायत चुनाउको तयारीलाई लिएर बसेको बैठकमा जिल्लापालले मतदानको दिनसम्म विस्तृत अनि व्यापक प्रबन्धन योजनाबारे जानकारी लिए।
उनले मतदान केन्द्रहरूमा सम्बन्धित अधिकारीहरूको उपस्थित सुनिश्चित गर्न निर्देश दिए। उनले ९ देखि १० नोभेम्बर ईभीएम संकलन केन्द्रमा नल्याएसम्म संसाधन र जनशक्तिको तयारीबारे पनि जानकारी लिए। उनले सबै मतदान केन्द्रहरू पूर्ण रूपमा व्यवस्थित होस् भन्ने सुनिश्चित गर्न आह्वान गरे।
पछि, उनले स्ट्रङ रूम र मतगणना केन्द्रको पनि निरीक्षण भ्रमण गरे। उनले चुनाउ सामग्री प्रेषण केन्द्रको पनि जायजा लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement