काठमाडौं: पैतिस प्रकारका सिफारिस डिजिटल माध्यमबाट काठमाडौं महानगरपालिकाले दिने भएको छ।
महानगरपालिकाको वडा तहबाट प्रवाह गर्ने ८८ प्रकारका सेवामध्ये ३५ प्रकारका सिफारिस सेवा डिजिटल माध्यमबाट दिने प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिए। हालसम्म महानगरपालिकाले केवल २० प्रकारका सेवाको विवरण कम्प्युटरमा राखिसकेको छ। यी सेवा सञ्चालनमा ल्याएपछि आउने सुझावका आधारमा अन्य सेवा थप गर्दै लगिने महानगरपालिकाले जनाएको छ।पेनलेस र नागरिकको हातैमा सेवा पुर्याउने उद्देश्यले विद्युतीय सेवा विस्तार गर्न लागिएको उनले थप बताए। वडा सचिवहरुको अभिमुखीकरण भने यसअघि नै सञ्चालन भइसकेको छ।