दोस्रो नर्थ इट ओलम्पिक गेम्समा भाग लिन प्रस्थान गरे सिक्किमका खेलाडीहरु

IMG-20221108-WA0436.jpg

गान्तोक: सिक्किमको २२८ सदस्यीय टोली मेघालयमा आगमी १० देखि १६ नवम्बरसम्म आयोजना हुने दोस्रो नर्थ इस्ट ओलम्पिक गेम्समा भाग लिन आज मेघालय प्रस्थान गरेको छ। सिक्किमे टोलीलाई आज बिहान राजधानीको एसएनटी परिसरबाट शुभकामनासहित विदा दिइयो।यस अवसरमा सिक्किम ओलम्पिक एसोसिएशनले आयोजना गरेको कार्यक्रममा कृषि मन्त्री लोकनाथ शर्मा मुख्य अतिथि थिए। मन्त्रीले खेलाड़ीहरूलाई मुख्यमन्त्रीको तर्फबाट बधाई दिए। उनले प्रतियोगितामा सिक्किम अर्ग्यानिकको सन्देश बोकेर निकै ठूलो टोलीले भाग लिइरहेकोमा खुशी व्यक्त गरे।

मन्त्री शर्माले सिक्किम अर्ग्यानिकको लोगो भएको ट्र्याक सुट र सर्ट्स अनावरण गरे।सिक्किम ओलम्पिक एसोसिएशनका अध्यक्ष कुबेर भण्डारीले मेडल विजेताहरूको निम्ति नगद राशि घोषणा गरे। उनले फुटबल र बासकेट बलमा स्वर्ण, रजत र कास्य पदक विजेता दललाई ४०‌ हजार, ३० हजार र २०‌ हजार प्रदान गरिने तथा व्यक्तिगत स्पर्धामा स्वर्ण, रजत र कास्य पदक विजेतालाई १५ हजार, १० हजार र ५ हजार प्रदान गरिने घोषणा गरे।मन्त्री शर्माले झण्डा हल्लाएर राज्य टोलीलाई विदा दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement