नाबालिगमाथि दुर्व्यवहारको घटना

Rape-Representational-Image-1-1

गान्तोक: एकजना ९ वर्षीय नाबालिगमाथि यौन दुर्व्यवहार भएको घटना प्रकाशमा आएको छ। यो घटना नयाँ बजार पुलिस थाना क्षेत्रको हो।यस सम्बन्धमा पुलिसले एक ६३ वर्षीय व्यक्तिलाई पक्राउ गरेको छ।पुलिस रिपोर्ट अनुसार, नाबालिग आमा-बाबुसॅंग आरोपितको घर गएकी थिइन्। आरोपित र नाबालिगले टीभी हेरिरहेको समय आरोपितले मौको फाइदा उठाएर नाबालिगमाथि यौन दुर्व्यवहार गरे। नाबालिगले यस कुराको खुलासा घटनाको भोलिपल्ट एकजना आफन्त समक्ष गरिन्।
पुलिसले आरोपित व्यक्ति विरूद्ध पोक्सो अधिनियम २०१२ अन्तर्गत मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement