एउटा बाइक सानो मालवाहक वाहनसित ठोक्किँदा दुइजना गम्भीर घाइते

call-sign-accident-work-62750395.jpg

सिलगढी: एउटा बाइक अनियन्त्रित भएर एउटा सानो मालवाहक वाहनसित ठोक्किँदा दुई जना घाइते भएका छन्।यो घटना आज सिलगढीको प्रधान नगर थाना अन्तगर्त उत्पल नगर नजिक भएको हो। जानकारी अनुसार बाइकमा सवार भएर दुईजना व्यक्ति तीव्र गतिमा देवीडांगाबाट चम्पासरीतर्फ आरहेको समय विपरित दिशाबाट आइरहेको एउटा सानो मालवाहक वाहनसित सोझै ठोक्कियो। यस दुर्घटनामा मालवाहक वाहन बीच सड़क मैं पल्टियो भने बाइक पनि क्षतिग्रस्त भएको छ साथै बाइकमा सवार दुवै जना गम्भीर रूपले घाइते भएका छन्। दुर्घटना पछि घाइतेहरू दुवैलाई प्राथमिक चिकित्साको लागि स्थानीय मानिसहरूले नजिकैको अस्पतालमा लगे। उक्त दुर्घटनाले गर्दा केही समयसम्म यातायात परिसेवा पूरण रूपले ठप्प बन्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement