कालेबुङ पेदोङका राइफलम्यान प्रवीण तामाङ शहिद

22-43-46-PED.jpg

पेदोङ: फेरि एकजना जवान शहीद भएको छ। कालेबुङको पेदोङ साक्योङ ग्राम पञ्चायत मैरुङ फरेस्ट बस्ती निवासी राइफलम्यान प्रवीण तामाङ शहीद भएका छन्। पिता कुमार तामाङ अनि स्वर्गीय आमा पेम्पा तामाङको छोरा राइफलम्यान प्रवीण तामाङ ३ जेएके राइफलमा कार्यरत थिए।असममा भारत-भुटान सिमाना नजिक गाडी दुर्घटनामा परेर तिनी शहिद बनेको जानकारी प्राप्त भएको छ। भारतीय सेनामा २०१२ मा भर्ना भएर देशको सेवा गर्दै आइरहेका प्रवीण तामाङले आफुपछि परिवारमा आफ्नो पत्नी अनि ८ महिनाको छोरो लगायत बाबा, दुई जना बहिनीहरुलाई छोडी गएका छन्। तिनको निधनले इलाकामा नै शोकको लहर छाएको छ। तिनको पार्थिव शरीर आज मंगलवार रातिसम्म घरमा ल्याइ पुऱ्याउने सम्भावना रहेको गाउँले सूत्रले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement