मेरो राजनैतिक उद्देश्य जमीनको अधिकार दिलाउनु रहेको छ: अनित थापा

IMG-20221108-WA0432.jpg

दार्जिलिङ: मेरो राजनैतिक उद्देश्य नै जमीनको अधिकार दिलाउनु रहेको छ भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन प्रमुख अनित थापाले आज बताएका छन्। अनित थापाले आफ्नो फेसबुक पेजमा बताए अनुसार हाम्रो जमीन हाम्रो अधिकार भन्दै पहाडमा सयौं वर्षदेखि बसेका हजारौं वासिन्दाहरू आज पनि आफ्नो अधिकारदेखि वञ्चित छन्। उनीहरुलाई अधिकार दिलाउन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले अभियान नै शुरु गरेको छ भनी बताएका छन्। अनित थापाले अघि भने, हाम्रो अभियान कै कारण हामीले हिजो मात्र दार्जिलिङको आलुबारीमा १३५ परिवारहरूलाई जमीनको मालिकनामा हक दिलायौं।’
जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाले अझ भने, ‘यही जमीन अधिकार विषय जिल्लाका अधिकारीहरूसँग बैठक बसेको थिएँ। मैले प्रण नै लिएको छु जबसम्म मेरो मानिसले जमीनको पूर्ण अधिकार पाउँदैन तबसम्म मेरो राजनीति अधुरो रहनेछ। मेरो राजनैतिक उद्देश्य जमीनको अधिकार दिलाउनु रहेको छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement