कालचिनी – वैवाहिक सम्बन्धमा अनबनको कारण आज आफ्नै लोग्नेले स्वास्नीको नृशंस हत्या गरेको घटना प्रकासमा आएको छ। पुलिस सुत्रबाट प्राप्त जानकारीअनुसार कालचिनी खण्डको जयगाउँ थाना अधीनस्थ हाँसीमारा आउटपोस्ट नजीक हाँसीमारा रेल स्टेशन संलग्न क्षेत्रमा न्यू हाँसीमारा निवासी लोग्ने आज अपरान्ह समय प्रायः 1.30 बजी बाबलु जयसवाल आफ्नो ट्याक्सी लिएर हाँसीमारा रेल स्टेशन परिसरमा यात्रीको प्रतिक्षा गरिरहेको थियो। सोही समय बाबलु जयसवालको स्वास्नी बिन्दु जयसवाल पुगेर दुई लोग्ने स्वास्नीबीच तर्कातर्की चलिरहेको थियो।
उक्त घटनाक्रमबीच लोग्ने बाबलु जयसवालले एउटा धारदार हतियारले स्वास्नी बिन्दु जयसवाललाई गला र पेटमा घातक आक्रमण गरेको थियो। सो घटनामा आशंकाजनक अवस्थामा पुलिस र स्थानीय मानिसहरूको सहयोगितामा उत्तर लोथाबारी ग्रामीण अस्पतालमा ल्याउँदा चिकित्सकहरूले महिलाको मृत्यु भएको बताएको थियो।
यता आफ्नै स्वास्नीको नृशंस हत्या गरेपछि लोग्ने बाबलु जयसवाल हाँसीमारा आउटपोस्ट पुगेर आत्मसमर्पण गरेको थियो भने पुलिसले मृतक महिलाको शव उद्धार गरेर कालचिनी थाना ल्याएको र भोलि पोस्टमार्टममा पठाइने जनाएका छन्। एकअर्कामा आँखा लगाउने समस्या लिएर नै उक्त घटना घटेको पारिवारिक सुत्रबाट जान्नमा आएको छ।