दार्जीलिङ: नाटयकार सीके श्रेष्ठलाई आज कालेबुङमा गोर्खा श्री राष्ट्रीय सम्मानले सम्मानित गरिएको छ।आलङ्करण समारोह सिन्क्लेयर्स सिट्रिट कालेबुङले प्रथम गोर्खा श्री राष्ट्रिय सम्मान कार्यक्रमको आयोजना गरेको थियो।आयोजित समारोहमा हाम्रो पार्टीको अध्यक्ष अजय एडवार्ड विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरी नै अन्य वरिष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो। आयोजित प्रथम गोर्खा श्री राष्ट्रिय सम्मान समारोहमा नाटयकार सीके श्रेष्ठलाई गोर्खा श्री राष्ट्रिय सम्मानले सम्मानित गरयो। वरिष्ठ नाटयकार सीके श्रेष्ठलाई प्रथम गोर्खा श्री राष्ट्रिय सम्मान स्मृति चिन्हले सम्मानित गरयो।

समारोहपछि हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले सिन्क्लेयर्स सिट्रिटले आफुलाई जहिले जहिले निम्ताउँने गर्थे,तहिले तहिले आफु आएको उनले बताए। उनीहरूले गर्दै आएको जाति हितको कार्यलाई हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डले प्रशंसा गरयो। गोर्खा जाति हितको कार्यमा हाम्रो पार्टी कान्छो भाइ भएर उभिनेछ हाम्रो पार्टी अध्यक्ष एडवार्डले भने।