सिटोङका ३८ जना कृषकहरूलाई पोलि हाउस वितरण

IMG-20221108-WA0390.jpg

खरसाङ: जीटीएको कृषि अनि बागबानी विभागको तर्फबाट खरसाङ महकुमा अन्तर्गत सिटोङ एक ग्राम पञ्चायत क्षेत्रमा कृषकहरूलाई पोलि हाउस वितरण गरिएको छ। उक्त वितरण कार्य जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाको निर्देशनमा विभागीय एमओडी मनोनित सभासद प्रमाण रसाईलीको बाहुलीबाट गरिएको छ। सिटोङ एक ग्राम पञ्चायत क्षेत्रमा रहेका जम्मा ३८ जना कृषकहरूलाई मनोनित सभासद प्रणाम रसाइलीको बाहुलीबाट पोलि हाउस वितरण गरिएको छ।

उक्त पोलि हाउस वितरण गरिएको कार्यमा मनोनित सभासद प्रणाम रसाइली लगायत भागोप्रमो खरसाङ महकुमा समितिको कोषाध्यक्ष सञ्जय प्रधान, महकुमा समितिको प्रचार प्रसार सचिव दिपेन्द्र सेवा, टाउन कमिटीको प्रचार प्रसार सचिव बिरबल पाखरीन, एडीएच देवसिस, सिनियर स्यान्टिफिक अफिसर महादेव छेत्री, सिनियर टेकनिसियन एसिस्टेंट पवन प्रधान अनि भागोप्रमो सिटोङ लाठपञ्जार समष्टीको सचिव रतन गुरुङ पनि उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement