खरसाङ: जीटीए कृषि बागवानी विभागको मनोनित एमओडी सभासद प्रणाम रसाइलीले खरसाङ महकुमा अन्तर्गत सिटोङमा बागवानी मेलाको लागि स्थलगत निरीक्षण गरेका छन्। यसपाली जीटीएले विभागीय रूपमा सिटोङमा आगामी जनवरी महिनामा बागवानी मेला आयोजना गर्ने भएको छ। यसैको लागि बागवानी विभागका एमओडी मनोनित सभासद प्रणाम रसाईलीले सिटोङ एक ग्राम पञ्चायतको ट्राइबल खेल मैदान क्षेत्रको निरीक्षण गरेका छन्। उक्त खेल मैदानमा विगतका वर्षहरूमा कृषि मेला आयोजना गर्दै आएको कारणले सभासदद्वारा उक्त क्षेत्रको निरीक्षण गरेका छन्। मनोनित सभासद प्रणाम रसाइलीसित विभागको सिनियर सेन्टिफिक अफिसर महादेव छेत्री साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको कोषाध्यक्ष सञ्जय प्रधान, महकुमा समितिको प्रचार प्रसार सचिव दिपेन्द्र सेवा, खरसाङ टाउन कमिटीको प्रचार प्रसार सचिव बीरबल पाख्रीन पनि उपस्थित रहेका थिए।

उक्त निरीक्षण कार्यपछि पत्रकारहरूसित कुराकानी गर्दै मनोनित सभासद प्रमाण रसाईलीले जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाको निर्देशनमा यसपाली सिटोङ क्षेत्रमा बागवानी मेला आयोजना गरिने भएको कारणले पहिले आयोजना गर्दै आएको स्थानको निरीक्षणमा आएको बताएका छन्। उनले यसपाली विभागीय रूपमा नै जीटीएको बागबानी विभागको तर्फबाट सिटोङमा बागवानी मेलाको आयोजना आगामी जनवरी महिनामा गरिने र यसको लागि आज गरिएको निरीक्षणको कार्य विषयमा जीटीए चिफ् एक्जीक्युटिभ अनित थापालाई जानकारी गराउने र त्यसपछि अरु कार्यहरू अघि बढ्ने बताएका छन्।