खरसाङ: कोलकातामा सम्पन्न भएको पहिलो राज्य स्तरीय “हाप्किडो” च्याम्पियनशिपमा भाग लिएको दार्जीलिङ जिल्लाको टोली आज उत्कृष्ट नतिजासहित फर्किएका छन्। दार्जीलिङ जिल्लाको कुनै टोलीले भाग लिएको यो पहिलो पटक हो र च्याम्पियनशिपमा पहिलो, दोस्रो र तेस्रो स्थान हाँसिल गर्न सफल हुने सहभागीहरूले सन् १०२२ को दिसम्बरमा कोलकातामा हुने राष्ट्रिय हाप्किडो च्याम्पियनसिपमा भाग लिनेछन्।

‘मार्शल आर्ट्स एण्ड फिटनेस अकाडेमी”- का विद्यार्थी तथा माफाको सोनादा शाखाका प्रशिक्षक सुशील क्षेत्री पहाडबाट भाग लिएर तेस्रो स्थान हाँसिल गर्न सफल भएका छन्। उनले राष्ट्रिय स्तरमा पश्चिम बंगाल राज्यको प्रतिनिधित्व पनि गर्नेछन्। सोनादा, सिपाहीधुरा, सिंगेल, खरसाङ, महानदी र सिविटारका प्रतिनिधित्व गर्ने माफा- का सबै पदाधिकारीहरू सहित खरसाङस्थित माफा- को प्रधान कार्यालयमा उहाँलाई न्यानो स्वागत गरिएको थियो। माफा- का अध्यक्ष सन्दीप प्रधानले खुशी व्यक्त गर्दै विजेतालाई बधाई दिदै सुशील क्षेत्रीलाई राष्ट्रिय प्रतियोगितामा सहभागी हुन सम्पूर्ण यात्रा भाडा अकाडेमीले खर्च गर्ने बताए। पदक जित्ने सहभागीहरुमा आयशा लामाले स्वर्ण, एमकेएम मारिङले स्वर्ण, जोन प्रधानले स्वर्ण, सागर थापाले रजत, साहिल अन्सारीले रजत, सुशील क्षेत्रीलेकांस्य, सुस्मिता बर्मनले कास्य, अमन सुब्बाले काँस्य, अभिषेक कृ शाहले काँस्य र क्षितिज राईले काँस्य जित्न सफल भएका छन्।

उक्त पदकहरू जित्न सफल भएका खेलाड़ीहरूलाई हाप्किडो एसोसिएशन अफ् बंगालका उपाध्यक्ष शिहान अनिल राईको मार्गदर्शनमा तालिम दिइएको थियो।