खरसाङ: खरसाङ ब्याडमिन्टन एसोसिएसनको कार्यकारी समितिको एउटा आकस्मिक सभा संस्थाका अध्यक्ष पेमेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भयो। विगत वर्षहरुमा झैं खरसाङ क्षेत्रमा ब्याडमिन्टन खेललाई प्रोत्साहन दिन एसोसिएसनले यस वर्ष पनि बाल-बालिकाहरूको निम्ति शीतकालीन प्रशिक्षण शिविरको आयोजना गर्ने सभामा निर्णय लिइयो साथै आगामी वर्ष २०२३ मा दार्जिलिङ गोर्खा हिल ब्याडमिन्टन एसोसिएसनको तत्वधानमा जीटीए स्तरीय ब्याडमिन्टन प्रतियोगिता खरसाङमा सम्पन्न हुने बारेमा पनि चर्चा भयो। गत महिना दार्जिलिङमा सम्पन्न भएको जीटीए रैकिंग ब्याडमिन्टन प्रतियोगितामा अण्डर १५ वर्ष (गर्ल्स) वर्गमा खरसाङ ब्याडमिन्टन एसोसिएसनको युवा खेलाडी प्रियंका प्रधानले तेस्रो स्थान हाँसिल गरेकोमा संस्थाको तर्फबाट सम्वर्द्धना गरियो।