मेगा फूटबल टुर्नामेण्टः जलपाइगढ़ी पुलिस फाइनलमा

photocollage_2022118191420904.jpg

८ नोभेम्बरः डुवर्स होपको तत्त्वावधानमा आयोजित मेगा फूटबल टुर्नामेण्टको दोस्रो सीजन (कृष्ण बुड़ाथोकीको स्मृतिमा)-मा मंगलवार खेलिएको पहिलो सेमिफाइनल म्याचमा जलपाइगढ़ी पुलिसले टाईब्रेकरमा रोमाञ्चक जीत हासिल गऱ्यो। बाग्राकोट टी गार्डनको भानु मैदानमा आज भएको म्याचमा जलपाइगढ़ी पुलिसले स्टेलिन नगर, बाघडोग्रालाई टाईब्रेकरमा ११-१०-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। नियमित समयमा जलपाइगढ़ी पुलिसबाट म्याक्सवेल र विकास रोयले गोल गरे। यसरी नै स्टेलिन नगरबाट सुरज तिर्की र सिल्बानुस एक्काले गोल गरे। जलपाइगढ़ी पुलिसका विकास रोयलाई प्लेयर अव् द म्याच चयन गरियो। यस इलेभेन ए साइड टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। दोस्रो १० नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल १३ नोभेम्बरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अजीत खड़काले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement