दार्जीलिङ: प्रमोस्कर ब्लोन र भूपेन्द्र छेत्रीलाई मैले माफी दिई सकेको छु। उनीहरूको खुइरो खन्नु छैन। अनित दाजुको बोली मात्रै मिठो तर मन धेरै दुर्षित छ। यो मन्तव्य हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डको हो। एक कार्यक्रममा अंश ग्रहण गर्न आएका हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डले पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिन्दै अनित थापा दाजु जति मिठो बोल्छ, त्यति नै दाजुको मन दुषित छ भनी बताएका छन्। प्रमोस्कर ब्लोन र भूपेन्द्र छेत्रीलाई मैले अघिबाटै माफ गरी सकेको छु अनि उनीहरूको खुइरो खन्न मलाई राम्रो लाग्दैन,जानेहरूलाई राम्रोसंगले जानु दिनुपर्छ। राम्रोसंगले विदा दिनुपर्छ हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डले भने। तिनले अझ भने, मैले गोरामुमो छोडेर नयाँ पार्टी गठन गर्ने सोच बनाई रहेको बेला अनित थापा दाजु स्वमयमले मलाई फोन गरेर नयाँ पार्टी किन गठन गर्छौं, तिमी आउँ, तिमीलाई मेरो पार्टीको कार्यकारी अध्यक्ष बनाउने अफर दिएको हो। अनित थापा दाजुको यस्तो अफरले म आफै पनि एक क्षण सोचमा परेको थिए भने प्रमोस्कर ब्लोन र भूपेन्द्र छेत्रीको त प्रश्नै आउँदैन। प्रमोस्कर ब्लोन र भूपेन्द्र छेत्री भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल हुनु उनीहरूको बाध्यता पनि हो तर प्रमोस्कर ब्लोन र भूपेन्द्र छेत्रीले उक्त क्षेत्रको मतदाताहरूलाई जसरी धोखा दिए, म उनीहरूलाई धोखा दिने छुइन, ती समष्टिवासीहरूको हरेक दु:खमा अजय एडवार्ड उभिएको हुनेछ।’
अजय एडवर्डले घूम जोरबंगला समष्टि र पूल विजनबारी समष्टिको जनताले प्रमोस्कर ब्लोन र भूपेन्द्र छेत्रीलाई गाली दिईरहेको छ। घूम जोरबंगला र पूल विजनबारी समष्टिको सभासदहरूले जनतालाई धोखा दिएता पनि आफुले ती समष्टिहरूको जनतालाई कदापी धोखा नदिने बताएका छन्। बातचीतको क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डले अघि भने, कमसेकम ४० वर्ष जति लालकोठी विपक्षीहीन थियो तर यस पटक लाल कोठीमा दह्रिलो विपक्षी गठन भएको छ भनी बताएका छन्।
गत जीटीए सभाको सभामा विपक्षी सभासदहरूले जनताको आवाज उठाउँदा सत्तामा बस्ने हरूको दाँत हल्लिएको थियो।त्यही सहन गर्न नसक्दा सत्तामा बस्नेले विपक्षी नेता र सभासदहरूको शिकार गर्न शुरू गरेको हो,उनीहरूले नेता र सभासदहरूको शिकार गर्दै गरोस हामी जनताको सेवा गर्दै जाने छौ हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डले भने।