गोरुबथान: सन्त स्टेफन एकाडेमी विद्यालय,कफेरमा ६ नवम्बरको दिन तेस्रो कालेबुङ जिल्ला आइसीएसई अन्तर विद्यालय समपन्न तेस्रो कालेबुङ जिल्ला अन्तर विद्यालय कराते डु प्रतियोगिता समपन्न भएको छ।

यस प्रतियोगिताको आयोजक कफेर लोलेगाउँ एसोसिएसन अफ कराते तथा तक्निकी सहयोग कालेबुङ जिल्ला कराते डु एसोसिएसन रहेका छन्। विद्यालय सन्चालन समितिका सभापति पि बी गुरुङको सभाध्यक्षतामा यो प्रतियोगिता समपन्न भएको थियो।यस कार्यक्रममा मुख्य अतिथीको रुपमा रेभ पाउल टि सिमिक युथ अफियर्स एन्ड स्पोर्टस विभाग, जिटिएको विशेष उपस्थिति रहेको थियो।

यसै गरी विशिष्ट अतिथिको रुपमा वर्तमान समयमा ख्यातिप्राप्त फुटबल खेलाडी नादोङ भूटिया रहेका थिए।

यस कराते प्रतियोगिता अतिथीगणमा क्रमैले बिकास राई सभासद, सेन्डुप लामा, सोनाम छोदेन, बिनोद राई, भानु राई, रेभ फादर फिलेक्स डिसुजा प्रधान अध्यापक सन्त स्टेफन एकाडेमी रहेका थिए।