कोलकता : राज्यमा डेङ्गुको प्रकोप बढेको छ । २४ घण्टामा डेङ्गुका कारण ५ जनाको मृत्यु भएको छ । यसअघि आइतबार पनि डेङ्गुका कारण दुई महिलाको मृत्यु भएको थियो । जानकारीअनुसार सोमबार डेङ्गुका कारण ५ जनाको मृत्यु भएको छ । तीमध्ये गर्भवती भनिएकी रिङ्की भट्टाचार्यको पनि डेङ्गुका कारण मृत्यु भएको थियो । मोमिता बेगमको बेलियाघाटा आइडी अस्पतालमा निधन भएको हो । अर्को घटना रुबी जनरल अस्पतालको हो । अबु सय्यद महलदार (४०) यहाँ भर्ना भएका थिए । तिनको पनि डेङ्गुका कारण मृत्यु भएको बताइएको छ । सोही क्रममा एनआईएसका एक सरसफाई कर्मचारीको पनि डेङ्गुका कारण मृत्यु भएको छ । उनको नाम बुबई हाजरा (३०) थियो। उनलाई एनआरएस अस्पतालमा भर्ना गरिएको थियो । सोमबार बिहान उनको निधन भएको हो । सोही क्रममा साल्टलेकस्थित अस्पतालमा डेङ्गुबाट पीडित सामनाथ दे (३६) को मृत्यु भएको हो । उनी केश्तोपुर निवासी थिए । सामनाथ गत ५ गतेदेखि अस्पतालमा भर्ना भएका थिए । उनको सोमबार बिहान निधन भएको हो । यसरी एकै दिन ५ जनाको मृत्यु भएको छ । उल्लेखनीय छ कि राज्यभर डेङ्गुका बिरामीहरू ५०,००० नजिक पुगेका छन्, जबकि धेरैको मृत्यु भएको छ।