कुचबिहार: सत्तारुढ तृणमूल कांग्रेसका दुई गुटहरू एक पटक फेरि क्षेत्रीय अध्यक्षको पदलाई लिएर आमनेसामने भए। तृणमूलको एक गुटले तृणमूलको पार्टी कार्यालयमा तोडफोड गरेको र तृणमूल कार्यकर्तालाई कुटपिट गरेको आरोप लागेको छ। गुलाम रब्बानी मियाँलाई अञ्चल अध्यक्ष बनाउने चर्चा भए पनि पार्टीले नूरबक्कर मियाँलाई अञ्चल अध्यक्ष बनाएको बताइएको छ ।यो घटनालाई लिएर केही दिनदेखि क्षेत्रमा तनाव कायमै छ। हिजो राति शीतलकुचीको लालबजार क्षेत्रमा रहेको तृणमूल पार्टीको कार्यालयमा तोडफोड गर्दा गुलाम रब्बानी मियाँका मानिसहरूले नूरबक्कर मियाँका समर्थकलाई कुटपिट गरेको बताइएको छ । घटनामा तृणमूलका केही कार्यकर्ता घाइते भएका छन्। शितलकुची प्रहरीले घटनास्थल पुगेर स्थिति नियन्त्रणमा लिएको थियो।