सिमानाबाट बत्तिसवटा चिनियाँ सुँगुर सहित भारत नेपाल सिमानाबाट एकजना तस्कर पक्राउ

IMG_20221108_180800.png

नक्सलबारी: एसएसबीले चीनमा पाइने ३२ वटा सुँगुर सहित नक्सलबारीको भारत नेपाल सिमानाबाट एकजना तस्करलाई पक्राउ गरेको छ। जानकारी अनुसार गत अबेर राती नक्सलबारीको बडो मनिराम जोतको भारत-नेपाल सिमानामा नेपालबाट चीनमा पाइने सुँगुर भारतमा ल्याइरहेको थियो। चीनमा पाइने सुँगुर एउटा वाहनमा लोड गरिरहेको एसएसबी ८ बटालियन बडो मनिरामजोतका जवानहरूले खबर पाएपछि अभियान चलाएर मोठ ३२ वटा सुँगुरसहित एकजना युवकलाई हिरासतमा लिए। यसपछि गत राति नै एसएसबीले पक्रा परेका युवकलाई नक्सलबारी पुलिसलाई सुम्पिदिए। नक्सलबारी पुलिसले चीनमा पाइने सुँगुर तस्करी गरेको आरोपमा उक्त युवकलाई पक्राउ गरेर थानामा लगे। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका युवक नक्सलबारीको बिजयनगर चियाकमान निवासी राज मिञ्जको रूपमा चिन्हित गरिएको छ। पक्रा परेका युवकलाई आज सिलगढी अदालतमा पेश गरियो। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement